विभिन्न जिल्लामा गरेर १० जना मृत अवस्थामा फेला
काठमाडौँ । प्रहरीले विभिन्न जिल्लामा गरेर १० जना मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीको केन्द्रिय बुलेटिन अनुसार विभिन्न जिल्लामा विभिन्न उमेर समुहका १० जना मृत अवस्थामा फेला परेको जनाएको हो ।
मृत अस्थामा फेला पर्नेहरुमा सर्लाहीको बलरा नगरपालिका(८ बलुवाभारस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै झापाको मेचीनगर नगरपालिका(१४ स्थित हडिया खोलामा सोही नगरपालिका(१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, कटहरी गाउँपालिका(३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता इलामको चुलाचुली गाउँपालिका(१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया की बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै कास्की, पोखरा महानगरपालिका(१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, गडवा गाउँपालिका(२ स्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, भरतपुर महानरपालिका(२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका(११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका(१७ मुडियारीस्थित पानीको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


