आज सेयर बजारमा सामान्य सुधार, ४. १५ अंकले बढेर १८७०. ६३ विन्दु
काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले बढेर १८७०.६३ विन्दुमा पुगेको छ । नेप्से ०.२२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेको छ ।
कूल २२२ वटा कम्पनीको २६ लाख ९८ हजार ३ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ९६ लाख ४६ हजार ९ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।
आज पनि नबिल बैंक लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । बैंकको ३ करोड ४० लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । बिहीबार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रूपैयाँ ९० पैसा पुगेको छ ।
यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ४.४५ प्रतिशतले घटेर ७ रूपैयाँ ९५ पैसामा झरेको छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


