Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

पूर्वी चितवनको पल्पी जुस उद्योगमा आगलागी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २८
पूर्वी चितवनको पल्पी जुस उद्योगमा आगलागी

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तथा एउटा डोजर प्रयोग गरिएको छ ।

उद्योगमा राखिएका ड्रम र कार्टुनमा आगलागी भइरहेको छ भने विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स