Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

भारतीय नाकाबन्दीको बिरोध गर्दै विशाल प्रदर्शन- जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ११

रोशन पोखरेल

रौतहटको चन्द्रनिगाहपुरमा मंसीर १० गते चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तथा स्थानीयबासीले  भारतीय नाकाबन्दीको बिरोध गर्दै विशाल प्रदर्शन गरेका छन।  चुरेभावर राष्ट्रिय पाटी नेपालले एक्यबधता ल्यालीको आयोजना गरेको  थियो । हालका दिनमा आफ्नो प्रदेश माग्ने नाममा मधेशी मोर्चाले सुत्केरी तथा विरामी बोकेका एम्बुलेन्समा प्रहार गर्ने, जीवन रक्षक औषधी बोकेका गाडीहरूमा बम प्रहार गर्ने र एम्बुलेन्स चालकहरूलाई समेत कुटपिट र अंगभंग गर्ने जस्ता गैर राजनीतिक तथा अमानवीय व्यवहार गर्दै आएकोले त्यसको विरोध स्वरूप ल्याली निकाल्न थालिएको सो पाटीले जनाएको छ। तीन महिना देखी जारी मधेश आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीले आम जनतालाई कष्ट पुर्याउनुका साथ सथै सदियौ देखी मिलेर बसेका सबै जातजाती र सम्प्रदाय विचको एकतामा फाटो ल्याउन  खोजेकोले सो पाटीले घोर भत्सना समेत गरेको छ।प्रदर्शनमा चन्द्रपुर नगरपालिकाको विभिन्न गाउँबाट चन्द्रनिगाहपुरमा जम्मा भएका सर्वसाधारणले राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी जनाएका थिए । र्यालीका सहभागीले जातीय सद्भाव कायम गरौँ, नाकाबन्दी फिर्ता गर, चुरेभावर प्रदेश कायम गर लगायतको नारा लगाउँदै चन्द्रनिगापुर बजार परिक्रमा गरेका थिए । सरकारले विगतमा हामी सँग गरेका तीन बुदे, पाँच बुदे र नौ बुदे सम्झौताहरू नगरेको र अहिलेको स्थितीमा सम्बन्धित पक्षले अक्षरस कार्यानवयन गर्न समेत जोरदार माग गरेका छन्।

चुरेभावर राष्ट्रिय एकता पार्टीले राजमार्ग बन्द गर्न नदिने र मोर्चाले अटेर गरे   प्रतिकार समेत  गर्ने   अध्यक्ष बद्रीप्रसाद न्यौपाने चेतावनी  पनि दिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स