अतिक्रमणको चपेटामा बागमती
काठमाडौं । बागमती नदी किनार अतिक्रमणको क्रम तीव्र र भयावह बन्दै गएको छ। बागमती–मनहरा दोभानदेखि सुन्दरीघाटसम्म अहिलेसम्म ठूला–साना गरी तीन दर्जनभन्दा बढी स्थायी संरचना नै निर्माण भइसकेका छन्। कच्ची आवासको सङ्ख्या अझ बढी रहेका छन्। बागद्वारदेखि कटुवाल दहसम्म कुल ४८ किलोमिटर लम्बाइ रहेको बागमती नदी किनारमा संरचना निर्माण हुने क्रम अझै रोकिएको छैन।
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नै नर्सरी सञ्चालन गर्न, ड्राइभिङ सेन्टर चलाउन, पार्किङ सञ्चालनलगायत विभिन्न व्यावसायिक प्रयोजनका लागि व्यक्ति, क्लब तथा सङ्घसंस्थालाई बागमती नदी किनारका जग्गा कहीँ भाडामा त कहीँ निःशुल्क नै दिएको पाइएको छ। यहाँसम्म कि बागमती नदी किनारमा निर्माण गरिएको पार्क सःशुल्क सञ्चालन गरिएको छ।
त्यसैगरी विभिन्न शक्ति केन्द्रको पहुँच तथा भनसुनका आधारमा केही वर्षयता बागमती नदीको क्षेत्राधिकारभित्र विभिन्न पार्क, वडा कार्यालय, विभिन्न धार्मिक सम्प्रदायका मठ–मन्दिर, योग केन्द्र, ध्यान केन्द्र, पूजा तथा हवन मण्डप, किरियापुत्री घर, श्राद्ध भवन, प्रहरी कार्यालय, शौचालयलगायतका ठूलाठूला स्थायी संरचना निर्माण भएका छन्। बागमती नदी गुरुयोजनाविपरीत यस्ता संरचना निर्माण हुने क्रम अझै जारी छ।
त्यति मात्र नभई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेल)ले बल्खु पुलसँगै बागमती नदी किनारमा डिप ट्युबवेल र ललितपुर ज्वागलस्थित यूएन पार्कभित्र खानेपानी पम्प स्टेसन निर्माण गरी पानी वितरण गर्दै आएको छ। गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


