Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

लेवान्डोस्कीले ६०० गोलको आँकडा पार गर्दा बार्सिलोनाको सहज जित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, ४
लेवान्डोस्कीले ६०० गोलको आँकडा पार गर्दा बार्सिलोनाको सहज जित

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगामा ३-० को सहज जित निकालेको छ। आइतबार रियल मड्रिडसँग ३–१ ले पराजित बार्सिलोनाले पहिलो हाफको अन्त्यमा सात मिनेट भित्र तीन गोल गर्दै सहज जित निकालेको हो। बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको दुई तथा अन्सु फातीले एक गोल गरे।

बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा बिहीबार राति खेलको सुरूआतबाटै पाहुना टोलीमाथि हाबी देखिएको बार्सिलोनाले ३१औं मिनेटमा अग्रता लियो। जोडी अल्वाको पासमा लेवान्डोस्कीले गोल गरेका थिए। त्यसको चार मिनेटपछि लेवान्डोस्कीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनायो।

दोस्रो हाफमा केही अवसर सिर्जना गरे पनि बार्सिलोनाले थप गोल गर्न नसक्दा पहिलो हाफमा लिएको ३(० को अग्रता नै पर्याप्त रह्यो। यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ। बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ। शीर्षस्थानमा रियलको २८ अंक छ। पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ।

लेवान्डोस्कीको ६०१ गोलको आँकडा पुरा
भिल्लारियलविरूद्ध दुई गोल गरेका लेवान्डोस्कीले आफ्नो व्यवसायिक खेल करिअरमा ६०० गोलको आँकडा पुरा गरेका छन्। सन् २००० पछि ६०० गोल पुरा गर्ने लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोपछि उनी तेस्रो खेलाडी बनेका छन्। बायर्न म्युनिखबाट ४२.६ मिलियन पाउण्ड समर ट्रान्सफरमा बार्सिलोना गएका उनले गएराति नाउ क्याम्पमा भिल्लारियल विरुद्ध २ गोल गर्दै आफ्नो गोल संख्या ६०१ पुर्‍याए।

उनले यो सिजन बार्सिलोनाका लागि १४ खेलमा १६ गोल गरेका हुन्। यसअघि लेवान्डोस्कीले बायर्नबाट ३७५ खेलमा ३४४, बोरूसिया डर्टमुन्डबाट १८६ खेलमा १०३, पोलिस क्लब जिनिकबाट २१, पोलिस क्लब लेच पोजनानबाट २१ तथा पोल्यान्डबाट १३४ खेलमा ७६ गोल गरेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स