Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

साफ यू – १५ : नेपाली टोली आज बंगलादेश जाँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १२
साफ यू – १५ : नेपाली टोली आज बंगलादेश जाँदै

काठमाडौँ । साफ यू – १५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज (शनिबार) बंगलादेश जाँदैछ। बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद (राखेप) र अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ। प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स