अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण
एजेन्सी । संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि उनको घरभित्रै पसेर आक्रमण भएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान उज्यालो नहुँदै एकजना पुरूष सान फ्रान्सिस्कोस्थित पेलोसीको तीन तले घरमा पसेका थिए। उनी सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका थिए।
पछि उनले पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई ह्यामरले आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ।आक्रमणकारी घरभित्र घुसेपछि पउलले बाथरूमबाट आकस्मिक नम्बर ९११ मा कल गरेका थिए। केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। ४२ वर्षीय डेभिड डेपापे नामका ती पुरूषले पेलोसीमाथि किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन। प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
आक्रमणबाट पउलको टाउको, पाखुर र हात चोट लागेको छ। अस्पतालमा भर्ना भएका पउल चाँडै निको हुने चिकित्सकहरूले अपेक्षा गरेका छन्। पति पउलमाथि आक्रमण हुँदा समामुख पेलोसी वासिङ्टनमा थिइन्। नोभेम्बर ८ मा हुन लागेको मिडटर्म चुनावको केही दिनअघि मात्रै सभामुखका परिवारमाथि भएको यो आक्रमणले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ। राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको भत्सर्ना गरेका छन्। विपक्षी रिपब्लिकन पार्टीका हाउस अफ रिप्रिजेन्टेटिभ्स र सिनेटका नेताहरूले पनि आक्रमणको निन्दा गरेका छन्।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


