काठमाडौँमा चिसो बढ्दै, यस्तो छ बच्ने उपाय
काठमाडौँ । जाडोयाम दिउँसो मौसम ठिकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् । चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।
यस्तो छ चिसोबाट बच्न अपनाउनु पर्ने उपायहरु :
– चिसोबाट बच्न धेरै भन्दा धेरै शरीरलाई ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ ।
– यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु
लाभदायी हुन्छ ।
– जाडोमा चिया, दाल र तरकारी समेत अदुवाको हालेर सेवन गरे उत्तम हुन्छ ।
– यो मौसममा शरीरलाई सधै न्यानो बनाएर राख्नु पर्दछ ।
– चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ ।
– सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ ।
– दैनिक समय मिलेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन डि पाउँछ ।
– बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
– महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
– महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


