Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

छठबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १३
छठबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिको पूजा गरिने छठ पर्वका माध्यमबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन् । छठ पर्व, २०७९ को शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने मैले विश्वास लिएको छु ।’

छठ पर्वले समाजमा विद्यमान जातीय‚ लैङ्गिक लगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन पनि सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै उनले कामना गरेकी छन् ।

खासगरी नेपालको तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लामा समेत सूर्य देवता र छठी माताको पूजा अर्चना गर्दै मनाउन थालिएको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुस्ख र कष्ट हटेर जाने जनविश्वास रहेको छ । विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स