टी- २० विश्वकपस् जिम्बावेमाथि बंगलादेशको रोमाञ्चक जित
काठमाडौँ । अस्ट्रेलियामा जारी टी- २० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनमा समेटिएपछि बंगलादेशले रोमाञ्चक जित निकालेको हो ।
पहिला ब्याटिङ गरेको बंगलादेशका लागि नजमुल होसेन सान्टोले ७१ रनको सानदार अर्धशतकीय इनिङ खेले। यस्तै, कप्तान सकिब अल हसनले २३ रन बनाउँदा अफिफी होसेइनले २९ रन बनाएका थिए । त्यस्तै, लिटन दासले १४ रन बनाएका थिए। जिम्बावेका लागि रिचार्ड नगराभ र ब्लेसिङ मुजारबानीले समान २- २ विकेट लिएका थिए ।
मध्यम स्कोर पछ्याएको जिम्बावेले ३५ रन जोड्दा ४ विकेट गुमाए पनि त्यसपछि सम्हालिँदै प्रतिस्पर्धात्मक खेल खेलेको थियो। तर, तीन रनले हार भोग्न बाध्य भयो। अनुभवी ब्याटर सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए ।
त्यस्तै, रयान बर्लले २७ रनमा अविजित रहे। रेजिस चकभा १५, वेस्ली मेधरेवे ४, क्रेग इर्विन र मिल्टन सुब्बा ८- ८ रनमा आउट भए। सिकन्दर राजा शून्यमा आउट भए । बंगलादेशका तस्किन अहमदले ३ विकेट लिँदा मुश्ताफिजुर रहमान र मासाद्देक हसनले समान २- २ विकेट हात पारेका थिए ।
जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्द हुँदा अंक बाँडेको थियो भने दोस्रो खेलमा पाकिस्तानलाई एक रनले हराएको थियो । जिम्बावेले अब बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्ने छ ।
बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो । बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तानसँग खेल्ने छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


