घलेगाउँमा आन्तरिक पर्यटकको ओइरो
लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका- ३ स्मार्ट भिलेज एवं सुखी गाउँ घलेगाउँमा पर्यटकको ओइरो लागेको छ । नेपालीको महान चाड तिहार सकिएलगत्तै आन्तरिक पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् ।
तिहार मनाएर पनि पर्यटक थप रमाइलो गर्न घलेगाउँमा पुगेका छन् । स्मार्ट भिलेज घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घ घलेका अनुसार तिहारको बिदा सकिएलगत्तै पनि विदा भएकाले बिदा मनाउन पर्यटक आएका छन् ।शनिबार दुई सयजना पर्यटक गाउँ पुगेका छन् । तिहार सकिनु, मौसम सफा हुनु र सार्वजनिक बिदाको दिन परेकाले पर्यटक घलेगाउँमा रमाउन पुगेका हुन् । यसअघि दैनिक ५०/६० जनाको हाराहारीमा पर्यटक घलेगाउँ पुग्ने गर्थे ।
अहिले बाटो सहज भएकाले पर्यटक घुम्न घलेगाउँ जानेका गरेका छन् । समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार बिदाको समय कटाउन विद्यार्थी, कर्मचारी मात्र नभएर परिवार नै लिएर पनि जाने गरेका छन् । गाउँ आएर मनोरम दृश्यसँग रमाउने, फोटो खिच्ने, परिवारसँग रमाउने, स्थानीय कला, संस्कृतिमा रमाउने गरेका छन् ।
पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ४४ घरमा विस्तार भएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायतका दर्जन हिमशृंखला अवलोकन गर्न सकिन्छ ।
घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्रलगायतका पौराणिक नृत्य देखाउने गरिन्छ । गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यवलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन संग्रहालय, स्वर्गभूमि रंगशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ । पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।
गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, बनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


