चोटका कारण पोग्बाले विश्वकप गुमाउने
एजेन्सी । डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले यो विश्वकप फुटबल गुमाउने भएका छन्। चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्। विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।
पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्। ‘टोरिनो र पिट्सबर्गमा हिजो र आजको चिकित्सा समीक्षा पछि, पोग्बालाई उनको शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने जानकारी दिन अत्यन्त पीडादायी छ’, पोग्बाका एजेन्ट राफाएला पिमेन्टाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेका छन्।
उनले अगाडि भनेका छन्, ‘यसै कारण, पोग्बा विश्वकपको विश्राम अघि न त युभेन्टसको टोलीमा सामेल हुन सक्नेछन् न त फ्रान्सको राष्ट्रिय टोलीमै।’ पोग्बा आफूलाई चाँडो मैदान फर्काउन चाहन्छन्। तर उनलाई धैर्यता राख्न आवश्यक रहेको उनले बताए। पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो। तर पछिल्लो चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन्।
फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले नेभेम्बरमा अष्ट्रेलियाविरूद्ध हुने पहिलो खेल अघिमात्र खेलाडीको छनोट टुङ्गो लाग्ने बताएका छन्। २९ वर्षिया मिडफिल्डरलाई घुडामा नयाँ चोट लागेको छ। उनी मैदान फर्कन प्रयास गर्दै आएका थिए। सोही कारण इटालियन क्लब युभेन्ट्स आए पनि उनी सुरूआती टिममा रहेर खेल्न पाएका छैनन्। पोग्बाले फ्रान्सको लागि अन्तिम खेल गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेलमा फ्रान्स ५(० ले विजयी भएको थियो।
सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो। उनी नोभेम्बर २० सम्म विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको थियो। तर नयाँ चोटले त्यो सम्भाावनालाई समाप्त पारिदिएको छ । प्रशिक्षक डेसच्याम्पले म्यानचेस्टर युनाईटेडबाट युभेन्ट्स आएका पोग्बा पूर्ण रुपमा फिट र फर्ममा भएको अवस्थामा मात्र विश्वकपमा छनोट गर्ने बताएका थिए।
पोग्बाले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठूलो झट्का लागेको छ। फ्रान्सका एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भइसकेको छ। फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपूर्ण हिस्सा थिए।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


