काठमाडौंको भृकुटीमण्डपमा स्वदेशी जुत्ताचप्पल मेला सुरु
काठमाडौँ । राजधानीको भृकुटीमण्डप प्रवेशद्वारसँगैको सानो चौरमा विभिन्न ७ वटा स्वदेशी जुत्ताचप्पल कम्पनीहरुको सहभागितामा सोमबारदेखि जुत्ताचप्पलको सेल मेला सुरु भएको छ । नेपाली उत्पादनलाई प्रत्साहन गर्ने उद्देश्यले मेलामा २० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको मेला आयोजकले जनाएका छन् ।
मेलामा नेपालका प्रख्यात जुत्ताचप्पल उत्पादक कम्पनीहरु शिखर शुज, प्राइड स्वदेशी जुत्ता, वन वोल्ड सुज, बोस सुज, फुट स्टेप, हिमानी कलेक्सन तथा हाइलाइफ सुजका महिला पुरुष दुवैका लागि हुने फुटवेयरहरु राखिएको आयोजकले जनाएका छन् ।
मेलामा जाडो र विवाहको सिजनलाई लागि लक्षित नयाँ ब्राण्डका जुत्ताचप्पल राखिएको प्राइड सुजका संचालक रामहरि तोलाङले बताए । मेलामा क्याजुअल, स्पोर्टस्, पार्टी, बुट स्कुल, कलेज, कर्मचारीका युनिफर्म जुत्ताका साथै पुरुष, महिला र बालबालिकाका जुत्ताचप्पल राखिएका छन् ।
मेलामा १ सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्मका जुत्ता भारी छुटमा किन्न पाइने रामहरि तोलाङले जानकारी दिए ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


