नेप्से परिसूचकसँगै बढ्यो
काठमाडौँ । आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले बढेर ३८२.९४ विन्दुमा पुगेको छ ।
कूल २२७ वटा कम्पनीको ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएको १३ उपसमूहमध्ये ३ वटा उपसमूह घटेको छ भने बाँकी सबै उपसमूह उकालो लागेका छन्। सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । आज शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै, बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको सेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८८ रूपैयाँ ५० पैसा पुगेको छ । त्यसैगरी, यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ९४ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


