Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

चितवनमा बोलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु, चालक फरार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १८
चितवनमा बोलेरोको ठक्करबाट एक पैदलयात्रुको मृत्यु, चालक फरार

चितवन । कालिका नगरपालिका(७ गैंडाखोलामा गएराति बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय मीनबहादुर विश्वकर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

ना ३ च ७१७८ नम्बरको बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स