नेपालमा १२ सय ८९ जना विदेशी कैदीबन्दी, सबैभन्दा बढी भारतीय
काठमाडौँ । नेपालका विभिन्न जिल्लामा रहेका कारागारमा १ हजार २८९ जना विदेश कैदीबन्दी रहेका छन् । २०७९ असोज मसान्तसम्म उक्त संख्यामा विदेशी कैदीबन्दी नेपालका कारगारमा रहेको कारागार व्यवस्थापन विभागले जनाएको हो ।
विभागका अनुसार हाल नेपालमा २० देशका कैदीबन्दी रहेका छन् । भारत, भुटान, चीन, पाकिस्तान, बोलिभिया, क्यानडा, बंगलादेश, दक्षिण अफ्रिका, इरान, जर्मनी, डेनमार्क, तान्जानिया, नाइजेरिया, पपुवा न्युगिनी, फ्रान्स, बेलायत, रोमानिया, सेनेगल, सिंगापुर र अष्ट्रियाका नागरिक नेपालका कारगारामा रहेका छन् ।
विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । हाल नेपालमा रहेका विदेशी कैदीबन्दीमध्ये भारतीयको संख्या १ हजार २४ छ । अघिकांश भारतीय कैदीबन्दीहरु लागूऔषध ओसारपसारमा संलग्न रहेको पाइएको छ । भारतीयपछि नेपालमा रहेका विदेशी कैदैबन्दीमा दोस्रो ठूलो संख्या भुटानीको छ । नेपालको जेलमा हाल ३६ जना भुटानी कैदीबन्दी रहेका छन् ।
विभागका अनुसार नेपालका कारगारमा चिनियाँ ७ जना, पाकिस्तानी ६ जना, बोलिभियन १ जना, क्यानेडियन १ जना, बंगलादेशी ३ जना, दक्षिण अफ्रिकी १ जना, इरानी १ जना, जर्मन २ जना, डेनिस १ जना, तान्जानियाली १ जना, नाइजेरियन २ जना, पपुवा न्युगिनीयाली १ जना, फ्रेन्च १ जना, बेलायती २ जना, रोमानियली ४ जना, सेनेगली १ जना, सिंगापुरीयन १ जना र अष्ट्रियाली १ जना रहेका छन् ।
नेपालका जेलमा हाल स्वदेशी र विदेश गरी कुल कैदीबन्दीको संख्या २७ हजार १९५ जना रहेको छ । जेलमा रहेका कैदीबन्दीमध्ये २५ हजार ७०९ जना पुरुष र १ हजार ४८७ जना महिला छन् ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


