विश्वको जनसङ्ख्या आठ अर्ब नाघ्यो
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको प्रक्षेपणअनुसार मङ्गलबारबाट विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ। गत जुलाई ११ तारिखमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष यूएनएफपीए ले कात्तिक २९ गते नोभेम्बर १५ विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने तथ्य सार्वजनिक गरेको थियो।
सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो। विश्व जनसङ्ख्या कोषले चार महिनाअघि सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस् २०२२’ले विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने प्रक्षेपण गरेको छ।
औसत आयुमा भएको वृद्धि तथा घट्दै गएको शिशु तथा मातृ मृत्युदरका कारण जनसङ्ख्या पहिलेभन्दा धेरै भएको विश्लेषण गरिएको छ। कोषका अनुसार विश्वको जनसङ्ख्या सातदेखि आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको छ। छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो। अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको छ।
विश्व जनसङ्ख्यामा थपिएको आठ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको छ। यसमा अफ्रिकाले दोस्रो ठूलो योगदान गरेको छ। उक्त महादेशमा ४० करोड जनसङ्ख्या रहेको छ। विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्बको जनसङ्ख्या वृद्धिमा १० वटा देशले आधाभन्दा बढी योगदान गरेका छन्। यो वृद्धिमा भारतले सबैभन्दा ठूलो योगदान गरेको छ। चीन र नाइजेरियाको वृद्धिदर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको कोषले जनाएको छ।
विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४५ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा जनसङ्ख्या छ। तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको छ। सन् २०२३ भित्रमा भारतले चीनलाई जनसङ्ख्यामा उछिन्ने प्रक्षेपण छ। गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


