Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

ट्वीटरका कर्मचारीलाई एलन मस्कले भने- जागिर छाड्ने भए आज ५ बजेसम्म खबर गर्नू

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १
ट्वीटरका कर्मचारीलाई एलन मस्कले भने- जागिर छाड्ने भए आज ५ बजेसम्म खबर गर्नू

एजेन्सी । ट्वीटरका मालिक एल मस्कले ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार अपरान्ह ५ बजेसम्मको समय दिएका छन्। त्यस अवधिभित्र मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ।

बुधबार इमेलमार्फत मस्कले निर्णय लिन सूचित गरेका हुन्। ‘ट्वीटर अहिले निकै कठिन र चुनौतीपूर्ण मुडमा छ। ट्वीटरलाई उन्नत बनाउन सहयोग नगर्ने मनस्थिति बनेको भए खबर गर्नु। तीन महिनाको सेवा सुविधा दिएर बिदा गरिनेछ,’ मस्कले पठाएको इमेल उद्दृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।

४४ अर्ब डलर खर्चेर ट्वीटर किनेसँगै मस्कले नयाँ(नयाँ प्रस्ताव अघि सार्दै आएका छन्। ट्वीटर खरिदसँगै उनले ७ हजार ५ सय कर्मचारी कटौती गर्ने बताएका थिए। उनले ३ हजार ७ सय कर्मचारीलाई बिदा गरिसकेका छन्।

naima expoTop Changing Nepal

युट्युब सट्स