बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन
बाजुरा । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो।
बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।
आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो।
तर, अस्पताल पुगाउने बित्तिकै अयडीको चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए। यस्तै नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई नै लिएर सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


