Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

तनहुँमा १ बजेदेखि मतगणना हुने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, ५
तनहुँमा १ बजेदेखि मतगणना हुने

काठमाडौँ । तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । उहाँले भन्नुभयो, “बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।”

तनहुँका दुई निर्वाचन क्षेत्रमा कूल दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको बताइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स