दुई बस ठोक्किदा ३७ जनाले ज्यान गुमाए
एजेन्सी । नाइजेरियामा मंगलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए । यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।
बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताए । यसरी बस ठोक्किँदा बसमा आगो लागेको उनले बताए ।
बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो । दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ । सडकमा बस ठोक्किएर निकै परसम्म पुगेको थियो । यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो ।
नाइजेरियामा यस्ता सडक दुर्घटनाहरु प्रायः हुने गरेका बताइन्छ । खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरु हुने गरेका प्रहरीको भनाई छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


