हामीले ‘डमी प्रधानमन्त्री’ खोजेका होइनौं, स्वतन्त्र पार्टीमा रवि लामिछानेको पनि विकल्प छः गणेश पराजुली
काठमाडौं । काठमाडौं ७ का नवनिर्वाचित सांसद गणेश पराजुलीले राष्ट्रिय स्वतन्त्र पार्टीको जितमा आश्चर्य नलागेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पराजुलीले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको जित स्वाभाविक हो । यसमा आश्चर्यजनक मान्नुपर्ने कुनै कारढा छैन । नागरिकले अहिले खोजेको कुरा परिवर्तन र समृद्धि हो । यथास्थितिको विकल्पमा सशक्त रुपमा उदाएको पार्टी नै हाम्रो हो । नागरिकको चाहना बुझ्ने पार्टी रास्वपाबाहेक थिएनन् ।’
देशको मुहार परिवर्तनका लागि आफ्नो पार्टीसँग स्पष्ट मार्गचित्र रहेको पनि उनले दाबी गरे । पराजुलीले भने, ‘हाम्रो एजन्डा भनेकै देशको मुहार परिवर्तन हो । यो हामीले कसैको लहैलहैमा लागेर गरेको कुरा होइन । विज्ञसँगको सहकार्यमा हामीले खाका बनाएका छौं । पुरानाले सकेनन् भन्दैमा नयाँले नसक्ने कुरा नै छैन । हामीले पूरा नै नहुने ठूलठूला सपना देखेको पनि छैन । प्रमुख कुरा थिति बसाल्नुपर्छ ।’
निर्वाचनको पूर्ण नतिजा नआईकन सरकारमा जाने वा नजाने स्पष्ट पराजुलीले बताए । उनले भने, ‘सरकारमा नगईकन परिवर्तन र समृद्धि सम्भव हुन्न । निर्वाचन लड्ने भनेकै सरकार बनाउनका लागि हो । त्यसैले सरकारमा जाने वा नजाने भन्ने प्रश्नै उठ्दैन । तर यसबारे हामी निर्वाचनको पूर्ण नतिजा आएपछि मात्र भन्न सक्छौं । कसरी अघि बढ्ने हो भन्ने कुरा उपयुक्त समयमा निर्णय गर्छौं ।’
आफ्नो पार्टीमा रवि लामिछानेको विकल्प रहेको दाबी पनि उनले गरे । पराजुलीले भने, ‘रवि लामिछाने सम्भावनाको बिम्ब हो । आम नागरिकले खोजेको पात्र हो । यसो भन्दै गर्दा हाम्रो पार्टीमा अरु कोही छैनन् भन्न मिल्दैन । हामीले डमी प्रधानमन्त्री खोजेको होइन । मुलुकलाई यथास्थितिको सरकार बनेर हुँदैन, सुशासनको अनुभूति दिने सरकार बन्नुपर्छ ।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


