को हुन् चर्चित नेता महेश बस्नेतलाई हराउने दुर्लभ थापा ?
काठमाडौँ । भक्तपुरको क्षेत्र नं. २ मा ७७७ मतान्तरका साथ नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २४ हजार २ सय ३८ मत पाए भने उनका निकट्तम प्रतिद्धन्दी महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका थिए । उक्त क्षेत्रमा यो भन्दा अघिल्लो चुनावमा भारी मत अन्तरले नेकपा एमालेका महेश बस्नेत विजयी भएका थिए । उक्त बेला कांग्रेसले पूर्व सभामुख दमननाथ ढुंगानालाई टिकट दिएको थियो । त्यसबेला टुरिष्ट उम्मेदबार उठाएको भन्दै कांग्रेसबाटै ठूलो आलोचना भएको थियो ।
यो त्यो क्षेत्र हो जहाँबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र उनको पत्नी राधिका शाक्यले पनि महेश बस्नेतलाई भोट हालेका थिए । चुनावी प्रचार प्रसारका क्रममा ओलीले एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत राष्ट्र बचाउने र मुलुक बनाउने नेता भएकाले उनले जित्ने दाबी गरेका थिए । महेश बस्नेतविरुद्धमा उम्मेदवारी दिने गठबन्धनका नेताहरू बाध्यताले मैदानमा उत्रिएको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले महेशसँग व्यर्थै लड्ने अघि बढिएछ भन्ने अवस्थामा पुगेको बताएका थिए ।
एमालेका त्यस्ता प्रखर नेतालाई हराउने को हुन् त दुर्लभ थापा, आज हामी तपाईलाई उहाँको बारेमा छोटकरीमा भन्न गैरहेका छौं ।
दुर्लभ थापाको जन्म भक्तपुरको कटुञ्जेमा २०२५ भदौ २३ गते भएको थियो । उनको बुबाको नाम डा। राम बहादुर थापा र आमाको नाम अम्बिका थापा हो । उनले स्नातक सम्म अध्ययन गरेका छन् । उनले वि।स। २०४३ साल देखि ने।वि। संघमा प्रवेश गरी राजनीतिक जीवनको शुरुआत गरेका थिए । उनी वि।स। २०५३ सालमा नेपाल कमर्स क्याम्पस मीनभवनमा स्ववियुको सभापति प्रत्याशि थिए । उनी नेवि संघका केन्द्रिय सदस्य थिए । कांग्रेस पार्टीको ११ औं महाधिवेशनदेखि महासमिति सदस्य भएका थिए । त्यसैगरी उनी पार्टीको भक्तपुर जिल्ला सदस्य हुँदै १३ औं र १४ औं बाट पार्टी सभापति भएको थिए । उनी विभिन्न संघ संस्थाहरुमा पनि आबद्ध छन् । उनी नासा कलेजको डाइरेक्टर, अम्बिका हेल्थ इन्स्टीच्युटका प्रबन्ध निर्देशक थिए भने नवदुर्गा कलेजको व्यवस्थापन समितिको अध्यक्ष पनि भएका थिए । त्यसैगरी कटुञ्जे घट्टेखोला खानेपानी जल उपभोक्ता समितिको संस्थापक उपाध्यक्ष लगायत विभिन्न संघ संस्थामा आबद्ध रहेका थिए ।
राजनीतिक पृष्ठभूमिमा जन्मिएका दुर्लभ थापा कांग्रेसले नै मुलुकलाई समृद्धितर्फ डो-याउने विश्वास गर्दछन् । राजनीतिलाई पेशा नभई सेवा ठान्नुपर्ने आमा अम्बिका थापाको भनाईलाई शिरोधार्य गर्दै उनी राजनीतिमा सक्रिय भएका हुन् । सानै देखि नै घरपरिवारको वातावरणले उनलाई राजनीतिमा पाइला चाल्न प्रेरणा दिएको थियो । उनी सानैदेखि नै राजनीतिमा बढी ध्यान दिन्थे । आफ्नो पुरानो घरको अगाडि नै गाउँ पञ्चायतको भवन रहेको कारण दुर्लभ राजनीतिमा आकर्षित भएका थिए । आमा प्रधानपञ्चमा उठेर जितेपछि उनी बाल मस्तिष्कमा राजनीतिले जरो गाडेको थियो । कलेज जीवनमा राजनीतिमा लागेका दुर्लभ आफ्नो राजनीतिको श्रेय पनि आमालाई दिन्छन् ।
दुर्लभ थापाको विजयले नेकपा एमाले लाई गतिलो धक्का दिएको छ । महेश बस्नेत लगायत पार्टी अध्यक्ष ओलीले बस्नेतको जीत सुनिश्चित नै ठानेका थिए । यसले जनताहरु परिवर्तन चाहन्छन् र जहिले पनि अझ बढी राम्रो उम्मेदवारलाई भोट दिन्छन् भन्ने सन्देश पनि दिएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


