अर्जेन्टिनालाई जित्नै पर्ने दबाब
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार चार खेलहरू हुँदैछन् । शनिबार समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । डेनमार्कसँग बराबरी खेलेको टुनिसिया तीन अङ्क जोड्दै अन्तिम १६ मा आफूलाई बलियो बनाउने योजनामा छ । यता अस्ट्रेलिया आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्ने योजनामा छ ।
आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा साउदी अरेबिया पोल्यान्डलाई हराउँदै अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । यता पोल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको थियो ।
शनिबार हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ । आज हुने अन्तिम तथा चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । आजको खेल जित्न नसके अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढ्ने छ । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको थियो ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


