Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सरकार गठन र चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १९
सरकार गठन र चुनावी समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने जनाइएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जीत निकालेको छ। यस्तै, माओवादी १७ स्थानमा विजयी भएको छ भने दोलखामा जारी मतगणनामा अग्रस्थानमा छ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स