हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु, श्रीमती भागेर जोगिइन्
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनालझोडा सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्ध दम्पतीलाई मंगलबार जंगली हात्तीले आक्रमण गरेको छ ।
हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । श्रीमती भागेर बाँचेकी छन् । मोरङ प्रहरीका अनुसार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–१० का ७३ वर्षीय जयप्रसाद बास्तोलाको मृत्यु भएको हो ।
श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगलमा गएका बेला जयप्रसादलाई बिहान ८ बजेतिर हात्तीले आक्रमण गरेको थियो । घाँस काट्ने क्रममा अचानक जंगली हात्ती देखा परेपछि वृद्ध दम्पतीले भाग्ने प्रयास गरेका थिए । तर जयसप्रसाद भाग्न नसकि त्यहीँ लडेका थिए ।
श्रीमती जानुकाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ । जंगलबाट आत्तिदै भागेर गाउँ पुगेपछि हारगुहार गरी उनले गाउँलेलाई घटनाको जानकारी दिएकी थिइन् । त्यसलगत्तै स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ गएका थिए ।
स्थानीयले खोजी गर्ने क्रममा दिउँसो १ बजेतिर मुनालझोडा सामुदायिक वनभित्रै शव भेटिएको हो । शव फेला पारेपछि जंगलमा पुगेकाहरुले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् ।
जयप्रसादलाई मारेपछि हात्ती त्यहाँबाट अन्यत्र गएको हुन सक्ने अनुमान गरिएको छ । मृत फेला परेका जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोट पटक छ । घटनाको अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


