Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २६
धादिङको मूलपानीमा वृद्ध दम्पती मृत भेटिए

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।

जस्ता र काठको कच्चीघरमा बस्दै आएका उनीहरुलाई आज बिहान ८ बजे स्थानीयवासीले मृत्तावस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले जानकारी दिए । “विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ, निधारमा र दाँहिने आँखामाथि चोट देखिन्छ, शरिरमा भने कपडा ओडिइराखेको अवस्थामा छ”, घटनास्थल पुगेका वडाध्यक्ष आलेमगरले भने, “निरमाया घरभित्रै देखिन्छ, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिन्छ, हामीभित्र पसेका छैनौंँ ।”

मृत भेटिएका दम्पत्तीका एक छोरी र दुई छोरा छन् । छोरा काठमाडौँमा व्यवसाय गर्दै आएको र छोरीको विवाह भएसकेको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स