मेस्सी र अल्भारेज चम्किदा अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा
काठमाडौं । क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति कतारको दोहास्थित लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसीले एक गोल गरे भने जुलियन अल्भारेजले दुई गोल गरे ।
अर्जेन्टिनाले ३४ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले पहिलो गोल गरेका थिए । क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एक्लो प्रयासमा शानदार गोल गर्दै पहिलो हाफमा २ शून्यको अग्रता बनाएका हुन् । दोस्रो हाफको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका हुन् । उनलाई दोस्रो गोलका लागि मेस्सीले लामो संघर्ष गरेर पास मिलाएका थिए । अर्जेन्टिनाले दोस्रो सेमिफाइनलको विजेतासँग विश्वकपको फाइनल खेल्नेछ । दोस्रो सेमिफाइन आज फ्रान्स र मोरोक्कोबीच हुँदैछ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


