फ्रान्सलाई हराउनेमा विश्वस्त छौँस् प्रशिक्षक रेग्रगुइ
काठमाडौं । सनसनीपूर्ण प्रदर्शन गर्दै कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको मोरोक्कोले फाइनल पुग्नेमा टिम विश्वस्त रहेको प्रशिक्षक वालिद रेग्रगुइले बताएका छन्। टिम बलियो आत्मविश्वासमा रहेको उनको भनाइ छ। उनले भने, ‘हामी विश्वपकको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेर नयाँ इतिहास बनाएका छौँ। जुन ऐतिहासिक उपलब्धि हो। अब हामी थप उपलब्धी हासिल गर्नका लागि तयार छौँ।’
प्रशिक्षक रेग्रगुइले टिम फाइनलमा पुग्न चाहेको बताए। उनले भने, ‘फ्रान्स विश्वकै उत्कृष्ट टोली हो। तर, हामी पनि आफ्नो लक्ष्यमा केन्द्रित छौँ।’ मोरोक्कोले बुधबार दोस्रो सेमिफाइनलमा साबिकको विजेता फ्रान्सको सामना गर्दै छ। क्वार्टरफाइनलमा पोर्चुगललाई १(० ले हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो।
मोरोक्कोले यसअघि समूह चरणमा बेल्जियम र अन्तिम १६ मा स्पेनलाई हराउँदै जारी विश्वकपमा अन्डरडगको छवि बनाउन सफल भएको थियो। त्यस्तै, साविक च्याम्पियन फ्रान्सले इङ्ल्यान्डलाई २(१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।प्रशिक्षक रेग्रगुइले सेमिफाइनलसम्मको यात्रालाई विर्सिएर बिना प्रेसरमा मैदान उत्रिने बताए। उनले भने, ‘हामी केही उपलब्धीका लागि एउटा जोस र संकल्पका साथ उत्साही छौँ। कठिन उपलब्धी पनि हासिल गर्न सकिन्छ भन्ने पूर्ण विश्वासमा रहेका छौँ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


