Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बालुवाटारले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन गृहकार्य गरेपछि खुमलटारमा तरंग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, २९
बालुवाटारले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन गृहकार्य गरेपछि खुमलटारमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० मा तरंग पैदा भएको छ ।

प्रधानमन्त्री देउवाले पूर्व प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी वा सो सरहका व्यक्तिलाई राष्ट्रपति बनाउनेगरि गृहकार्य गरेको कुरा बाहिर आएपछि माओवादी केन्द्रका नेताहरु सशंकित बनेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले माओवादी केन्द्रलाई बाहिरै राखेर सरकार बनाउनेगरि गृहकार्य गरेको चर्चा छ । रेशम चौधरी संलग्न रहेको दल नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीलाई उनले प्राथमिकतामा राखेका छन् ।

बरु, राप्रपालाई सरकारमा सहभागी गराउने तर माओवादीलाई सहभागी नगराउने बालुवाटारको तयारी छ । माओवादीले भने गैरराजनीतिक व्यक्तित्वलाई राष्ट्रपति बनाउन नहुने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय माओवादी केन्द्रका नेताहरुले एमालेसँगको सहकार्यको लागि भेटवार्ता बढाएपछि देउवा सशंकित थिए ।

‘खिलराज रेग्मीलाई राष्ट्रपतिमा व्यवस्थापन नगरी नहुने के बाध्यता छ ?

ओलीका दूतमार्फत दाहाललाई प्रधानमन्त्री प्रस्ताव

naima expoTop Changing Nepal

युट्युब सट्स