मलेसियामा पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, पुष, १
काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुर नजिक शुक्रबार बिहान पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । यस घटनामा अहिलेसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दर्जनौं मानिस अझै बेपत्ता रहेको बताइएको छ । उनीहरुको खोजी कार्य जारी छ ।
मलेसियाको फायर डिपार्टमेन्टका अनुसार घटना मलेसियाको सेलान्गोर प्रान्तको राष्ट्रिय राजधानी क्षेत्र बाहिर बिहान करिब ३ बजे भएको हो । सडक छेउमा रहेको अर्गानिक फार्म दुर्घटनाको चपेटामा परेको छ । यो फार्मले मानिसहरूलाई यहाँ क्याम्पिङ गरेर बस्ने सुविधा दिन्छ ।
करिब १०० फिट उचाइबाट यो क्याम्पमा भग्नावशेष खसेको र करिब एक एकड क्षेत्रफलमा फैलिएको दमकल विभागका निर्देशकले बताए । यस पहिरोमा ९२ जना फसेका थिए जसमध्ये ५३ जनाको सकुशल उद्धार गरिएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

