प्रेम के हो ? के माया अन्धो हुन्छ ?
साँच्चै यो प्रश्नको कुनै जवाफ छैन, यसको जवाफ दिन धेरै कठिन छ । यस विषयमा मैले केही लेख्नुपर्छ भन्ने सोचेको थिएँ जुन आज यहाँ प्रस्तुत गर्दैछु ।
प्रेम के हो ?
बाँच्न र जान्न सजिलो छ, तर भन्न धेरै गाह्रो छ । दुर्भाग्य यो पनि छ कि पाँच छ हजार वर्षदेखि मान्छे बाचिरहेको छ तर कसरी बाँच्नुपर्छ भनेर सिक्न सकिरहेको छैन । यहाँ प्रेमको चर्चा हुन्छ, मायाका गीत गाइन्छ । तर, मान्छेको जीवनमा प्रेमको कुनै स्थान छैन । हामीले आफैभित्र खोज्न थाल्यौ भने माया भन्दा असत्यकै बोलबाल प्रस्तसँग आफै बुझ्न सक्छौं । मानिसहरूले आफूलाई प्रेमको सृष्टिकर्ता हो भनेर सोच्छन् तर उनीहरु झुटो आदम्बरमा बाचिरहेका छन् ।
यो मन विष हो भनी हामी आफैलाई दोष दिन्छौं, वास्तवमा मन विष होइन । अनि मनलाई विष भनेर बोलाउनेहरूले प्रेमलाई विष बनाएका छन्, प्रेमलाई प्रकट हुन दिएका छैनन् । यसलाई अलिकति बुझ्न जरुरी छ । किनकी यदि यो चिज देखिएन भने मान्छेको जिवन नै रहदैन । प्रेम एक भावनात्मक अभिव्यक्ति हो, यो जसको साथ हुन्छ उसलाई हुन्छ । तर, प्रेमको नाम आउँदा त्यो प्रेमी प्रेमिकाको माया मात्र भन्ने आउँछ जुन विलकुलै गलत हो । जसका कारण हामी प्रेम अन्धो हुन्छ पनि भन्छौं ।
अहिले प्रेमको परिभाषा नै परिवर्तन भएको छ । अहिले प्रेम एक सम्झौता हो । अहिले प्रेम व्यापार हो । आज केटा र केटीहरू प्रेममा आफ्नो भविष्य खोज्छन् । यति कमाएमा माया बढ्छ, नत्र हुँदैन भन्ने अवस्था छ । यस बाहेक धेरै सर्तहरू थपिएका छन् । अहिले मायामा बाँच्ने प्रेमी प्रेमिका रहेनन्, अहिले व्यवहारिक जमाना छ । सबै कुरा छानबिन पछि माया गरिन्छ ।
सायद मान्छेलाई चिन्न अनि खुशीलाई किन्न सक्ने भए यो दुनियाँमा कोही दुस्खी हुने थिएन होला । एउटा सत्य यो पनि छ कि जसलाई जति विश्वास र इज्जत गरिन्छ नि उसले उति नै धेरै पिडा पनि दिन्छ ।
अहिले फिफा विश्वकप चलिरहेको छ । यसैबीच अथाह सम्पत्तीका मालिक रोनाल्डो कल्बसँग असन्तुष्टि हुँदै आफ्नो दुस्खेसो पोखे भनेपछि यो सृष्टिमा पैसाले पनि कसैको दुस्खलाई मेटाउँदैन भन्ने कुरा हामीले बुझ्नु जरुरी छ ।
हामी प्रेममा रमाउन सिकौं । एकपटक हामी आखाँको अगाडी देखिएका दृश्यहरुमा रमाउन सिकौं, यो संसार कति सुन्दर देखिन्छ । नकारात्मक धारणाले होइन् हामी सबै कुरालाई एक पटक सकारात्मक रुपले लिएर त हेरौं, सृष्टी कति सुन्दर छ ।
गाडीको यात्रा गर्ने क्रममा हामी ठेलम ठेलमा पछौं तर त्यसमा पनि हामी आनन्दमा मानेर एक पटक सोचौं । गाडीका खलासीहरुले ल है गाडी हिड्न थाल्यो छिटो आउनुस् भनेर भनेका कुरालाई ध्यान दिएर हेर्नुस् कति मनमोहक दृश्य लाग्छन् ।
बाबुआमा बालबालिकाहरु बालुवामा खेल्यो भन्दै कराउँछन् तर उनीहरु त्यहाँ कति रमाइ रहेका हुन्छन् । साच्चै मेरा लागि ति दिनहरु कति रमाइला थिए १ बालुवामा खेल्ने, घर बनाउने, गुच्चा, क्रिकेट, फुटबल, टेनिस लगायतका खेल खेल्दै दिनभरि हराउने । वाह कति आनन्द ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


