सिंहदरबारबाट बाहिरिदै गगनले भने-‘देउवाले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।
संसदीय दलको चुनावको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिदै अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन आग्रह गरेका छन् ।
उनले भने, ‘यो मेरो लागि अपेक्षाकृत होइन । तर, म यो परिणामबाट निराश हुन्न । थप मिहिनेत गर्छु । संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने कुरा निरन्तर लगिराख्छु । कुनै एउटा समय आउँछ बहुसंख्यक साथीहरूले यसलाई महसुस गर्नुहुन्छ । त्यो बेलामा सुखद परिणामको आउँन्छ ।’
उनले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराएका छन् ।
उनले थपे ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ । होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


