४ महिनामा विदेश अध्ययनका लागि साढे २२ अर्ब बढी बाहिरियो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीमार्फत नेपालबाट बाहिरिने रकम नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको छ । कोभिड–१९ महामारीपछि विदेशमा अध्ययनका लागि जानेको संख्या अत्यधिक बढेकाले विद्यार्थीमार्फत ठूलो रकम बाहिरिरहेको भन्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । आयात कम गर्न सरकार र राष्ट्र बैंकद्वारा अवलम्बन गरिएका नीतिगत व्यवस्थाले पछिल्ला महिनाहरूमा अर्थतन्त्रका बाह्य सूचकहरूमा क्रमिक सुधार आउन थालेको छ ।
पछिल्ला महिनाहरूमा अर्थतन्त्रको अवस्थाबारे हुने गरेका सबै छलफलमा विदेशमा अध्ययनका लागि ठूलो रकम बाहिरिने गरेकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषयले प्राथमिकता पाउन थालेको पनि छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विदेशमा अध्ययन शीर्षकमा २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको यही अवधिको तुलनामा यो रकम १११ प्रतिशतले बढी हो । गत आवको साउनदेखि कात्तिकसम्म यो शीर्षकमा १० अर्ब ७० करोड रुपैयाँ मात्रै बाहिरिएको थियो । योबाहेक विदेशी सम्बन्धन प्राप्त कलेजहरूले हुन्डीलगायत अनौपचारिक माध्यममार्फत पनि विदेशमा पैसा पठाउने गरेका छन् । जसको तथ्यांक राष्ट्र बैंकसँगै छैन ।
पछिल्ला महिनाहरूमा उच्च शिक्षाका लागि नेपालबाट विदेशी मुद्रा बाहिरिने क्रम चुनौतीका रूपमा देखिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताउनुभयो । त्यसलाई रोक्न पहिलो चरणमा विदेशी सम्बन्धन प्राप्त नेपाली शैक्षिक संस्थामार्फत बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ छ । एकै पटक विदेशमा अध्ययन गर्ने नेपालीको खर्च नियन्त्रण गर्न नसकिने भएकाले सुरुमा विदेशी सम्बन्धन प्राप्त नेपाली शैक्षिक संस्थामार्फत बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्न सरकारलाई आग्रह गरेको उहाँले बताउनुभयो ।
विदेशी सम्बन्धनका शैक्षिक संस्थामार्फत ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिन थालेपछि त्यसतर्फ राष्ट्र बैंकको ध्यानाकर्षण भएको जानकारी शिक्षा मन्त्रालयलाई गराइएको पनि उहाँले बताउनुभयो । विदेशमा अध्ययनका लागि कडाइ गर्ने÷नगर्ने विषयको छलफल नीति निर्माताका लागि नयाँ भने होइन । केही वर्ष अघिदेखि नै यस्ता छलफल हुँदै आए पनि अझै कुनै निर्णय हुन सकेको छैन । एकै पटक बन्द नै गर्नुको साटो बिस्तारै निजी खर्चमा विदेश पढ्न जाने प्रवृत्ति नियन्त्रण गर्दै जाने विषयमा सोच्न सकिने अर्थ मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


