Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

५ महीनामा ३६ प्रतिशतले बढ्यो विद्युतीय गाडीको आयात, कुन-कुन देशबाट भित्रिए ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १०
५ महीनामा ३६ प्रतिशतले बढ्यो विद्युतीय गाडीको आयात, कुन-कुन देशबाट भित्रिए ?

काठमाडौँ । चालू आर्थिक वर्ष (आव)को ५ महीनामा नेपालमा विद्युतीय गाडीको आयात ३६ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको साउनदेखि मंसिरसम्ममा ५ हजार १५ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यो गत आवको तुलनामा ३६ प्रतिशत बढी हो । गत आवको उक्त अवधिमा ३ हजार ६८१ गाडी आयात गरिएका थिए ।

कुन देशबाट भित्रिन्छन् ?नेपालले चीन, भारत, इन्डोनेसिया, अमेरिका, दक्षिण कोरिया लगायतका देशहरूबाट विद्युतीय गाडी आयात गर्ने गरेको छ । यी देशहरूबाट तीन पांग्रेसहित कार, जिप, भ्यानलगायत गाडी नेपाल भित्रिने गरेका छन् ।

सवा ४ अर्ब बाहिरियो

चालू आवको ५ महिनामा सवा ४ अर्ब रूपैयाँको गाडी आयात भएको छ । जसमा भारतबाट मात्रै २ अर्ब ६० करोड रूपैयाँ बराबरको गाडी आयात भएको छ । यो सूचीमा चीन दोस्रो स्थानमा छ । समीक्षा अवधिमा चीनबाट ७७ करोड ९५ लाख रूपैयाँ भन्दा बढीको गाडी आयात भएको छ ।

गत आवको साउनदेखि मंसिरसम्म २ अर्ब ९५ करोड रूपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स