Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

देउवाको सन्देश बोकेर खुमलटार पुगेका निधि निराश बनेर फर्किए, गठबन्धन तोड्ने प्रचण्डको जवाफ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १०
देउवाको सन्देश बोकेर खुमलटार पुगेका निधि निराश बनेर फर्किए, गठबन्धन तोड्ने प्रचण्डको जवाफ

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी नछाडेपछि नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनबाट बाहिरिने तयारीमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो दूतको रुपमा विमलेन्द्र निधिलाई प्रचण्डकहाँ पठाएर नयाँ सरकारको नेतृत्वमा आफ्नो दाबी कायमै रहेको सुनाएका थिए ।

निधिले प्रधानमन्त्री र राष्टपति दुवै पद कांग्रेसले नछोड्न अडान सुनाएपछि दाहालले आफूहरु गठबन्धनमा नरहने प्रष्ट जवाफ दिएको स्रोतको दाबी छ । दाहाललाई गठबन्धन कायम राख्न निधिको आग्रह थियो । दाहालले भने कांग्रेसलाई प्रधानमन्त्री र राष्ट्रपति दिनको लागि गठबन्धनमा बसिरहन जरुरी नभएको जवाफ दिएका छन् ।

गठबन्धनको निर्णायक बैठक बस्नुअघि दाहालले पार्टीका शीर्ष नेताहरुसँग पनि छलफल गरेका छन् । सो छलफलमा नेताहरुले सरकारको नेतृत्व पहिलो चरणमा कुनैपनि हालतमा नछाड्न दबाब दिएका छन् । उता, देउवाले पनि आफूनिकट नेताहरुसँग बालुवाटारमा छलफल गरेका छन् ।

देउवा र दाहाल प्रधानमन्त्रीको दाबीबाट टसमस नभएपछि गठबन्धन टुट्ने निश्चित् भएको चर्चा अहिले बालुवाटार र खुमलटार दुवैतर्फ भैरहेको छ । दाहाल भने फाइनल कुरा गर्न अहिले बालुवाटार निस्किने तयारीमा छन् । उनी अहिले केहीबेरमा बालुवाटारमा पुग्ने जनाईएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स