रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन दाहाल–ओली सकारात्मक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।
सो दलका सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुने भएका छन् ।
स्रोतका अनुसार रविले मागेबमोजिम उपप्रधानमन्त्री दिन प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै सकारात्मक बनेका छन् ।
अहिले बानेश्वरस्थित् संसद् भवनमा सत्ता गठबन्धनको बैठक जारी छ । सो बैठकमा मन्त्रालय भागबण्डा लगाउने चर्चा छ ।
रास्वपाले गृह वा भौतिक मन्त्रालयमध्ये एक दिन आग्रह गरेको छ।
गृह र भौतिक मन्त्रालय नपाए शिक्षा, स्वास्थ्य, श्रम, वार्णिज्य–आपूर्ति, श्रमजस्ता मन्त्रालयमा पनि सहमति जनाउन सकिने संकेत गरेको छ।
एमालेले भने विष्णु पौडेल र सुवास नेम्वाङमध्ये एकको नेतृत्वमा सरकारमा सहभागिता जनाउने तयारी गरेको छ ।
उता, माओवादीले भने नारायणकाजी श्रेष्ठलाई पहिलो चरणमा मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।
उनी उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी निर्णय भएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


