के निर्णय गर्यो मन्त्रिपरिषद्को पहिलो बैठकले ?
काठमाडौँ । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक बसेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बेलुका मन्त्रिपरिषद्को पहिलो बैठक बसेको हो।
बैठकले अर्थतन्त्रमा सुधार, जनताका समस्या प्रभावकारी रुपमा सम्बोधन गर्नेलगायतका निर्णय गरेको बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिए।
मन्त्रिपरिषद्को पहिलो बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘नेपालको अर्थतन्त्रको स्थिति जसरी जटिल र चुनौतीपूर्ण दिशातिर छ, त्यसलाई सुधार्ने। प्रभावकारी उपायमा केन्द्रीय भएर अगाडि बढ्ने कुरा, सुशासनतिर गम्भीर ढंगले बढ्ने कुरा र जनताले ठाउँठाउँमा पाइराखेका सास्ती र दुःखलाई कम गराउनेबारे, जस्तोः राहदानीसम्बन्धी वा लाइसेन्ससम्बन्धी विषयमा लामा–लामा लाइन र पीडा जुन देखिएको छ, त्यो विषयमा केन्द्रित भएर हामीले समयभित्रै यसलाई प्रभावकारी ढंगले जनतालाई सेवा दिने किसिममा हामी केन्द्रीत भएका छौँ।’
नयाँ सरकार बनेपछि जनतामा आशा बढेको उनको भनाइ थियो। ‘नयाँ मन्त्रिपरिषद् गठन भएपछि जनतामा र आम रुपमा एउटा आशा र भरोसा बढेको देखिएको छ। मैले महशुस गरेको कुरा त्यो हो। त्यसका अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन्। मन्त्रिपरिषद्ले एउटा आशा जगाएको छ,’ उनले भने।
साथै मन्त्रिपरिषद् बैठक बलाउनेबारे पनि निर्णय भएको उनले बताए। उनले भने, ‘साथै हामी प्रतिनिधिसभाको बैठक बोलाउनेबारेमा पनि निर्णय गरेका छौँ। हामीले अब गभ्मीर रुपमा देशका अगाडि रहेका जनताका समस्याहरु सम्बोधन गर्न केन्द्रित अहुने संकल्प गरेका छौँ।’
गठबन्धन भए पनि आफूलाई काम गर्न असहज नहुने उनको भनाइ थियो। उनले भने, ‘सबै केही गरी छाड्ने भन्नेहरुको केन्दीकरण भएको छ। त्यसैले सहज छ।’
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


