मावध नेपाल र उपेन्द्र यादवलाई सरकारमा समेट्न प्रचण्डको पहल, प्रचण्डका नातेदारको निवासमा भेटवार्ता जारी
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्।
ललितपुरको हात्तीवनस्थित प्रचण्डको एक नातेदारको निवासमा जारी भेटवार्तामा नेपाल र यादवलाई सरकारमा आउन प्रचण्डले आग्रह गरेका छन् ।
गठबन्धनलाई धोका दिई अर्कैसँग साँठगाँठमा प्रधानमन्त्री बनेको माधवकुमार नेपालको गुनासोपछि प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादीलाई सरकारमा समेट्न सम्बाद सुरु गरेका हुन् । संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार छलफल भईरहेको स्रोतले जनाएको छ ।
प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा समर्थन गर्ने सात दलीय गठबन्धनमा जसपा पनि रहेको छ। यद्यपि जसपाले समर्थन गरेपनि तत्काल सरकारमा जाने निर्णय भने गरेको छैन।
जसपाले सरकारमा सहभागी हुनेरनहुने विषयमा छलफल गर्न पुस १८ र १९ गते बैठक बोलाएको छ। सोही बैठकले सरकारमा जाने वा नजाने भन्नेबारे निर्णय गर्नेछ। जसपाले आज संसदीय दलको नेता चयन गर्दैछ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


