गृहमन्त्री रवि लामिछानेको आश्वासन : ‘जिल्लाबाटै सहज रुपमा राहदानी जारी गर्न पहल गर्छु’
जानकारी केन्द्र
२०७९, पुष, १४
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रूपमा राहदानी जारी गर्ने विषयमा पहल गर्ने आश्वासन दिएका छन् ।
बुधवार दिउँसो अनुगमनका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका गृहमन्त्री लामिछानेले सेवाग्राहीहरूको गुनासो सुनेपछि जिल्लाबाटै सहज रूपमा राहदानी जारीका लागि सरकारले पहल गर्ने बताएका हुन् ।
सरकारले राहदानी र सवारी चालक अनुमतिपत्रमा रहेको लाइन हटाउने पहिलो निर्णय गरेको छ । त्यहि निर्णय कार्यान्वयनका लागि गृहमन्त्री लामिछाने राहदानी विभाग पुगेका हुन् ।
सेवाग्राहीहरूले गुनासो राखेपछि सहज रूपमा राहदानी जारी गर्ने प्रबन्ध मिलाउन प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिने भन्दै उनी त्यहाँबाट बाहिरिएका थिए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


