राप्रपा उपप्रधानमन्त्री पाएर रमाउनेभन्दा ‘सर्भिस डेलिभरी’का लागि सरकारमा जाने होः सांसद प्रधान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद ध्रुवबहादुर प्रधानले अहिलेको गठबन्धन सरकारमा ससर्त सामेल हुने बताएका छन् ।
‘हामीले जनतासँग राष्ट्रियता, सेवाप्रवाह, सुशासन आदि वाचा गरेका थियौं । त्यो अरु दलले पनि गरेकै हुन् । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ मा राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक बिदा दिनुपर्छ भन्ने पनि माग छ । त्यसमा पनि कसैको विमति होला जस्तो लाग्दैन,’ नेपाली रेडियो नेटवर्क एनआरएन को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले भने ।
उनले संसदीय दलको नेता राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाँदा उचित हुने मत आएको पनि औंल्याए । प्रधानले थपे, ‘सरकारमा को को जाने, कसरी जाने भन्ने सम्पूर्ण जिम्मा पार्टी अध्यक्षलाई जिम्मा दिएका छौं । बाँकी कुरा आज बिहानको बैठकमा तय हुन्छ । संसदीय दलको नेताकै नेतृत्वमा जाँदा उचित हुन्छ भन्ने कुरा आएको छ । छलफलका आधारमा निर्णय हुन्छ ।’
राप्रपाले उपप्रधानमन्त्री मागेर जानुभन्दा पनि जनतालाई के डेलिभरी दिन सक्छौं भन्ने हिसाबले सोचेको पनि प्रधानले बताए । उनले भने, ‘फलानो पद पायौं भनेर रमाइलो मान्नु एउटा कुरा हो । हामी नचाहिँदो कुरा माग्दैनौं । यो मागेर गयौं वा नदिएर गएनौं भन्दैनौं । आफ्नो हैसियत अनुसार जान्छौं । सरकारमा जानुको मुख्य अर्थ सर्भिस डेलिभरीका लागि हो । राजनीतिक स्थायित्वका लागि हो ।’ उनले राप्रपा सातै प्रदेशका सरकारमा सामेल हुने पनि बताए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


