Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

‘उनी गए तर उनको जादू सधैं जीवित रहनेछ’ पेलेलाई सम्झिदै नेमार, रोनाल्डो र मेस्सी भए भावुक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, १५
‘उनी गए तर उनको जादू सधैं जीवित रहनेछ’ पेलेलाई सम्झिदै नेमार, रोनाल्डो र मेस्सी भए भावुक

एजेन्सी । लिजेण्ड फुटबलर पेले हामी माझ रहेनन् । ब्राजिलका महान खेलाडीले बिहिबार राति साओ पाउलोको एक अस्पतालमा अन्तिम सास फेरे । ८२ वर्षीय पेले पेटको क्यान्सरसँग लडिरहेका थिए ।

पेलेको निधनमा विश्वभरका उनका फ्यानहरूमा शोकको लहर छाएको छ । ब्राजिलका स्टार फुटबलर नेयमारदेखि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र केलियन एमबाप्पेले यो ‘ब्ल्याक पर्ल’लाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राम पेजमा पेलेका धेरै तस्बिर सेयर गर्दै नेयमारले लेखेका छन्, ‘१० एउटा संख्या मात्र थियो । त्यो सुन्दर वाक्य अपूर्ण छ । म भन्न चाहन्छु कि पेले भन्दा पहिले, फुटबल केवल एक खेल थियो । उनले फुटबललाई कलामा परिणत गरे, यसलाई मनोरञ्जनले भरिदिए।। फुटबल र ब्राजिलका राजा पेले लाई धन्यवाद । उहाँ जानुभयो, तर उहाँको जादू सधैंभरि जीवित रहनेछ ।’

त्यस्तै विश्वका उत्कृष्ट फुटबलरमध्येका एक पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि पेलेको निधनमा भावुक देखिए । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा पेलेसँगको आफ्नो पुरानो तस्विर शेयर गरेर पेलेलाई श्रद्धाञ्जली दिएका छन् ।

रोनाल्डले लेखेका छन्, ‘मलाई ब्राजिलियनहरू प्रति गहिरो सहानुभूति छ । विशेष गरी एडसन अरेन्टेस डो नासिमेन्टोको परिवारको लागि । पेलेलाई बिदाइ । यतिबेला फुटबल जगतले महसुस गरिरहेको पीडालाई वर्णन गर्न कुनै शब्द पर्याप्त हुनेछैन । पेले, तपाईं लाखौंको लागि प्रेरणा हुनुहुन्थ्यो । तपाईंले मलाई सधैं दिनुभएको माया, हामी टाढा हुँदा पनि हामीले साझा गरेको हरेक पलमा परिणत भयो । पेले, हामी तपाईंलाई कहिल्यै बिर्सने छैनौं ।’

त्यसैगरी अर्जेन्टिनालाई हालै विश्व च्याम्पियन बनाएका स्टार फुटबलर लियोनल मेस्सीले सामाजिक सञ्जालमा पेलेसँगको आफ्नो तस्विर शेयर गर्दै लेखेका छन्, ‘रेस्ट इन पिस पेले ।’

पेलेले ब्राजिललाई ३ विश्वकपको उपाधि जिताएका थिए । उनले चार विश्वकप खेले जसमध्ये तीन पटक टोली विश्व च्याम्पियन बन्न सफल भएको थियो । पेले सन् १९७१ मा फुटबलबाट सन्यास लिएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स