प्रधानमन्त्री दाहालले आज सचिवहरुलाई ३० बुँदे निर्देशन जारी गर्दै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज ३० बुदे निर्देशनसहित विशेष सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री दाहालले आज चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रीत रहेर ३० बुदे निर्देशनात्मक सम्बोधन गर्न लागेका हुन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा नेपाल सरकारका सचिवहरुसँग भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेका थिए ।
छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायतको मन्त्रालयका सचिवहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेका छन् ।
आज सबै सचिवहरूको रिपोर्ट सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री दाहालले अहिले बिहान सिंहदरबारमा विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएर ३० बुदे निर्देशन जारी गर्न लागेका हुन् ।
पछिल्लो समय सर्वसाधारणले नागरिकता, राहादानी, राष्ट्रिष्य परिचय बनाउन सास्ती भोग्न थालेको, थेग्ने नसक्ने गरी महँगी बढेको लगायतका गुनासा गर्न थालेपछि जनताका समस्या समाधान गर्न प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन जारी गर्न लागेका हुन् ।
नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका प्रधानमन्त्री दाहालले विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउन सचिवहरुलाई आज निर्देशन जारी गर्न लागेका हुन् ।
यसअघि पुस १३ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका थिए । मन्त्री लामिछाने अनुगमनमनका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुग्नु र देशभरका प्रमुख जिल्ला अधिकारीसँगको छलफललाई स्टन्टवाजीको रुपमा हेर्न थालिएको छ ।
मन्त्री लामिछानेले यहि सोमबार जनताको गुनासो नआउने गरी काम गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको निर्देशनलाई समेत स्टन्टको रुपमा हेरिएको छ । उनले शभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठकमा नागरिकलाई शुसाशनको प्रत्याभूति महसुस हुनेगरी काम गर्न निर्देशन दिएका थिए ।
पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पदभार ग्रहण लगत्तै सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने घोषणा गरेका थिए ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


