Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

डिभोर्स मागेपछि एक अमेरिकीले गरे श्रीमती लगायत सबै छोराछोरीको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २३
डिभोर्स मागेपछि एक अमेरिकीले गरे श्रीमती लगायत सबै छोराछोरीको हत्या

काठमाडौँ । श्रीमतीले डिभोर्स मागेपछि एक अमेरिकीले आफ्नो परिवारका सबै जनाको गोली हानी हत्या गरेका छन्। अमेरिकाको उटाहस्थित इनक सहरको अर्लबर्ट ड्राइभमा बुधवार ती व्यक्तिको घरमा ८ जनाको शव फेला परेको थियो।

न्युयोर्क पोस्टका अनुसार ४२ वर्षे मिचेल हाइटले शुरुमा गोली हानेर परिवारकै हत्या गरेको र लगत्तै आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

मिचेलले आफ्नो ४० वर्षीया श्रीमती ताउसा, तीन छोरी र दुई छोरालाई गोली हानेको बताइएको छ। छोरीहरु १७, १२ र ७ वर्षका र छोराहरु ७ र ४ वर्ष पुगेका थिए। मिचेलले ७८ वर्षीया सासु गेल अर्लको पनि हत्या गरेको इनक सिटी प्रशासनले जनाएको छ।

मृतक सबै जनाको शरीरमा गोली लागेको पाइएको प्रहरी अनुसन्धानमा उल्लेख छ। गत डिसेम्बर २१ मा ताउसाले अदालतमा डिभोर्सको लागि मुद्दा दायर गरेकी थिइन्। के कारणले उनले डिभोर्स मागेकी थिइन्, यसबारे केही खुल्न सकेको छैन। प्रहरीले उनीहरुको आफन्तसँग भेटेर घटनाको सम्भावनाबारे थप अध्ययन गरिरहेको छ। बीमा अभिकर्ता रहेका मिचेलले घटनाको एक दिनअघिमात्र जागिर छाडेका थिए।

naima expoTop Changing Nepal

युट्युब सट्स