Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

२ सय ७० भन्दाबढी सांसदबाट विश्वासको मत पाउँदै प्रधानमन्त्री प्रचण्ड !

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, पुष, २६
२ सय ७० भन्दाबढी सांसदबाट विश्वासको मत पाउँदै प्रधानमन्त्री प्रचण्ड !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिदैंछन्। उनले अहिले १ बजे बस्ने संसद् बैठकबाट विश्वासको मत प्राप्त गर्दैछन्। संसद्‍मा रहेका धेरै पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् भने संसद्‍कै ठूलो दल नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारे निर्णय गर्ने कार्यसम्पादन समितिको बैठक राखेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई विश्वासको मत दिने पक्षमा सकरात्कम रहेको हुँदा कार्यसम्पादन समिति पनि देउवा पक्षकै बहुमत रहेको छ। यसोहुँदा कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मतदिने निर्णय गर्ने गर्नेछ।

यसरी संसद्‌मा रहेका धेरै दलले प्रचण्डलाई विश्वासको मत दिने देखिन्छ। हाल संसद्‍मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन्। यसरी अंकगणितीय हिसाबले हेर्दा प्रचण्डले २ सय ७० भन्दाबढी मत प्राप्त गर्ने अनुमान गरिएको छ।

प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने देखिन्छ।

naima expoTop Changing Nepal

युट्युब सट्स