पोखरा विमानस्थल उद्घाटनको १५ दिनमै दुर्घटना
काठमाडौं । पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको १५ दिनमै विमान दुर्घटना भएको छ। नयाँ विमानस्थलको पुष १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए।
उद्घाटनकै १५ दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विमान दुर्घटना भएको छ।
यस्तै, आज पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गर्ने पहिलो विमान थियो। पुस ७ गते क्याप्टेन कमल केसीसहितको चालक दलले यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेको यतिका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
उक्त विमानमा ३ जना बच्चा, ३ जना बृद्ध र चालकदलका ४ जनासहित ७२ जना यात्रु सवार रहेका थिए।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन(एसीएनसी विमान बिहान साढे १० बजे उडेको थियोभने अवतरण गर्ने क्रममा करिब ११ बजेर १० मिनेट जाँदा पोखरा विमानस्थल नजिक फेवा खोँचमा दुर्घटना भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ। स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन्। विमान क्याप्टेन कमल केसीले उडाएका थिए।
यतिका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा १० जना विदेशी यात्रु पनि सवार रहेका थिए।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


