प्रचण्डलाई सिके राउतको घुर्की : भनेको मन्त्रालय नदिए अर्को मन्त्रालय पनि चाहिन्छ !
काठमाडौं । जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खान पदभार ग्रहण गर्न नजाने भएका छन् । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सो क्रममा उनले यसअघि उद्योगमन्त्री बनाउने भनेर गरेको सहमतिविपरित खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्णयबाट जनमत पार्टीका अध्यक्ष डा। सिके राउत बिच्किएका छन् । राउतले आफ्नो दललाई हेपिएको भन्दै हिजै पार्टीको हाई–कमाण्डको बैठक राखेका थिए । सो क्रममा उनले आफ्नो दलले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् । आफ्नो पार्टीबाट मन्त्री नियुक्त भएका खानलाई उनले मन्त्रालय नजान भनेका छन् ।
उद्योग वा सहरी विकासमध्ये एक मन्त्रालय नदिए सरकारबाट बाहिरिने जनमतको चेतावनी छ । स्रोतका अनुसार राउतले खानेपानी मन्त्रालयमै चित्त बुझाउनुपर्ने हो भने अर्को मन्त्रालय पनि चाहिने सन्देश बालुवाटार पुर्याएका छन् । प्रधानमन्त्री दाहालसँग अहिले वन तथा खेलकुद मन्त्रालय छ ।
यी दुईमध्ये एक मन्त्रालय जनमतलाई दिनुपर्ने उसको अडान छ । प्रधानमन्त्री दाहाल भने यी मन्त्रालयमा जसपालाई सहमतिमा ल्याउनेगरि छलफलमा जुटेका छन् । जसपाले उपराष्ट्रपति पाए यी मन्त्रालय लिएर सरकारमा जाने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


