एमाले सांसदलाई धमलाको प्रश्न– यो देशका सबै पद झापालीले पाउने भए है
काठमाडौं । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले मुलुकका धेरैजसो पद झापाली नेताहरुले पाउनु संयोग मात्र भएको बताएका छन् ।
‘प्रमुख पदहरुमा झापाली नै पर्नुपर्छ भन्ने छैन । योग्यतम मान्छे छनोट हुँदा जुन जिल्लाको पनि पर्न सक्छ नि । झापा जिल्ला वामपन्थी राजनीति अग्रणी र उद्भव स्थल हो । सभामुख देवराज घिमिरे र उपसभामुख उम्मेदवार इन्दिरा राना मगर झापाको पर्नुभयो । तर फरक लिंग र फरक पार्टीको हुनुहुन्छ । यो समयको कुरा हो । कोही कोही बेला इलामको मात्र पर्नुहुन्थ्यो । एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, मुख्यमन्त्री हिक्मत कार्की, राष्ट्रिय सभाको नेता देवेन्द्र दाहाल पनि झापाकै पर्नु संयोग हो । यसमा झापाका जनताले धन्यवाद नै दिनुपर्छ,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने ।
सांसद बस्नेतले राष्ट्रपति पदमा सत्ता गठबन्धनका उम्मेदवारले जित्ने ठोकुवा पनि गरे । उनले भने, ‘राजनीतिमा इमानदारी र नैतिकताको कुरा महत्त्वपूर्ण हुन्छ । सभामुखमा पनि माओवादीले एमालेलाई मतदान गर्दैन भन्ने हल्ला चल्यो । तर त्यो झूट साबित भयो । त्यसैले अहिले हामी अड्कल नगरौं । कांग्रेसका मानिसले पनि एमालेका उम्मेदवारलाई गोप्य मत दिन सक्छ ।’
सात दलीय गठबन्धनमा कुनै दरार नआएको दाबी पनि उनले गरे । बस्नेतले भने, ‘जसपा र जनमत पार्टीका केही असन्तुष्टि प्रकट भएका छन् । तर यो सामान्य बहसको कुरा हो । अहिले घोषणा भएको छैन । गठबन्धनमा ब्रेक लोगेको छैन । कोही पुरानो सहयात्री घटक गए नयाँ घटक आइहाल्छ नि ।’
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


