अब बन्ने राष्ट्रपति एमाले पार्टीबाटै हुन्छ : एमाले नेता गुरुङ
दाङ । नेकपा एमाले पोलिटब्युरो सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने बताएका छन् । दाङको लमहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गुरुङले सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताए।
‘कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्लामात्रै हो । एमालेभन्दा बाहिरबाट आउने व्यक्ति राष्ट्रपति हुँदैन’, उनले भने, ‘कांग्रेसको खेल केही दिनमा आफैँ सकिन्छ ।’
राष्ट्रपतिमा कसलाई पठाउने भन्ने विषयको टुंगो पार्टी भित्र हुने बैठकबाट टुंगो लाग्ने उनको भनाइ छ । ‘राष्ट्रपति एमालेकै हुन्छ। तर कसलाई पठाउने भन्ने निर्णय छलफलबाट टुंगिन्छ। जनताको छोरा या छोरी राष्ट्रपति हुन्छन् । जसले पनि यो अवसर पाउन सक्छ। त्यसको निर्णय एमालेले गर्छ’, नेता गुरुङले भने ।
उनले राष्ट्रपतिको गरिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बढाएको चर्चा गरे । ‘अघिल्लो सेरेमोनियल राष्ट्रपति भन्थे। काम छैन भन्ने जस्तो कुरा चल्थ्यो । अहिले राष्ट्रपतिको पदलाई लिएर धेरै चर्चा र गरिमाको कुराहरू हुन थाल्यो’, उनले भने, ‘राष्ट्रपतिको गरिमा बढाउने काम विद्यादेवी भण्डारीले गर्नु भयो। त्यसैले गर्दा राष्ट्रपति को बन्ने भन्ने विषयले प्राथमिकता पायो ।’
कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन भत्काएर एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही दिशामा अघि बढाएको जिकिरसमेत नेता गुरुङले गरे । ‘गठबन्धन भत्काएर मुलुकलाई स्थिरतातर्फ लग्ने काम भएको छ। यसलाई निरन्तरा दिनु नै आजको आवश्यकता हो’, उनले भने,‘नयाँ सरकार बनेदेखि मुलुकले सही दिशा पाउन थाल्यो ।’
गुरुङले संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत नभएको तर्क पनि गरे । ‘संसद प्रतिपक्षविहीन हुनु राम्रो संकेत होइन’, उनले भने, ‘कांग्रेसको अपरिपक्क राजनीतिले मुलुकलाई गलत दिशातर्फ ढकेल्ने प्रयत्न हुन थाल्यो ।’
चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्मा, अनुशासन आयोग सदस्य सरस्वती गौतम, प्रदेश कमिटि सदस्य कुलबहादुर केसी, गंगाराम भट्टराईलगायतको उपस्थिति थियो ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


